काठमाडौं / २०७७ चैत अन्तिममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन गर्ने प्रस्ताव पेश भएको छ ।
बुधबार शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो ।
नेकपाको महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव पेश भएको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए । त्यसअघि आगामी भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेशका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव समेत पेश भएको छ । नेकपाको यो कतिऔं महाधिवेशन हुने भन्ने खुलाइएको छैन ।


















