नयाँ पाइलाको पाचौ वार्षिकोत्सव विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री

184

बिजौरी / नयाँ पाइला स्थापना केन्द्रको पाचौ वार्षिकोत्सव अवसरमा विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । । संस्थाका अध्यक्ष शरद थापाको अध्यक्षता तथा मानव अधिकार महिला सञ्जाल दाङकी निवर्तमान संयोजक सुष्मा गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमकी प्रमुख अतिथि गिरी लागु पदार्थ दुव्र्यशनी न्य७त्रगयतसनीकरणका लागि संस्थाको अतुलनीय भ७त्रगयतसमिका रहेको बताउनु भएको थियो । कार्यक्रममा संस्थाका मनोविमर्शदाता शैलेश शर्मा, साक्षी खबर साप्ताहिकका प्रधानसम्पादक सनिलकुमार पोखरेल, मालिका कालिका यातायात प्रालिका संस्थापक अध्यक्ष सुमन पोखरेल, कार्यालय प्रमुख हिरा आचार्य, जनता संस्कृत माध्यमिक विद्यालयका शिक्षक शंकर आचार्य, निर्णय पुर्नस्थापना केन्द्रका विशाल शाह लगायतकाले मन्तव्य राख्नु भएको थियो । वार्षिकोत्सवकै अवसर पारेर जनता संस्कृत माध्यमिक विद्यालय बिजौरीमा कक्षा ७ मा अध्ययनरत छात्र सुधिर डाँगी, होमबहादुर बुढामगर घर्ती, कक्षा ४का छात्रा नन्दा विक, लक्ष्मी चौधरी र कक्षा २ मा अध्ययनरत छात्र सुरेश चौधरीलाई झोलासहित शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।

समाजमा संस्थाको उत्तरदायित्व अन्र्तगत विपन्न, असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको संस्थाका निर्देशक सुरेश भुसालले जानकारी दिनु भयो ।

कार्यक्रम संस्थाका प्रशिक्षक डिल्ली बस्नेत संगीतले स्वागत मन्तव्य राख्नु भएकोे थियो भने सञ्चालन प्रेस सल्लाहाकार गोकर्ण पौडेलले गर्नुभएको थियो । संस्थाका हाल ४० जना दुव्र्यशनी उपचारार्थ रहेका छन् । संस्थाले सीप, घोराही र
सिसहनियामा आयोजना गरिएको महोत्सवमा २५ हजार बढी अभिभावक शिक्षा पर्चा पम्पलेट वितरण गरेको थियो । वार्षिकोत्सवकै अवसर पारेर संस्थाको सल्लाहारमा पत्रकार सुनिल कुमार पोखरेललाई चयन गरिएको संस्थाका निर्देशक सुरेश भुसालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here