कुशलले कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान राखे

192

काठमाडौं – कुशल मल्लले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका छन्। उनले १५ वर्ष ३४० दिनमा अर्धशतक प्रहार गर्दै यसअघिको रोहितकुमार पौडेलको रेकर्डसमेत तोडेका हुन्।

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा शनिबार अमेरिकाविरुद्ध कुशलले अर्धशतक प्रहार गरी विश्व रेकर्ड बनाएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। उनले ५१ बलको सामना गर्दै ३ छक्का र ४ चौका प्रहार गर्दै ५० रन पूरा गरेका हुन्।

कुशलले यसअघि राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय टी–२० मा जिम्बावेविरुद्धको खेलबाट डेब्यू गरेका थिए। उनले सेप्टेम्बर २०१९ मा सिङ्गापुरमा भएको त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत जिम्बावेविरुद्ध ब्याटिङ गरेका थिए। उक्त खेलमा उनले ६ बलमा २ रन बनाएका थिए।

यसअघि रोहितले १६ वर्ष १४६ दिनमा अर्धशतक बनाउँदै एकदिवसीय क्रिकेटमा सबैभन्दा कान्छा उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका थिए। उनले यूएईविरुद्धको एकदिवसीय खेलमा ५५ रन बनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here