सनिउल्ला धोबी
बांके / राष्ट्रिय निकुञ्जमा यात्रुलाई सास्ती खेप्नु परेकाे छ । निकुञ्जका कर्मचारीहरुले बाहिरबाट आएको यात्रुहरुबाट विभिन्न नियम उल्लेख गर्दै रकम असुल्दै आएका छन । आज शनिबार कपिलवस्तुबाट आएको एकबाट निकुञ्जका कर्मचारीले अनावश्यक नियम जनाउँदै रसिद काट्न बध्य बनाएका थिए । हिडिरहेको बसमा यात्रु विरामी भएपछि रुकेको बसलाई किन रोकेको भन्दै अनावश्यक रुपमा रसिद काट्न बध्य बनाएको पाइएको छ । बा १ झ ९३३१ नम्बरको जिपमा आएका ७ जानको टोलीले बसको यात्रुलाई अनावश्यक टीका टिप्पणी गर्दै रसिद काट्न बध्य बनाएको कपिलवस्तुबाट आएका जय प्रकाश पाण्डेयले जानकारी दिए । पाण्डेयले भने हामी सवार बसको चालक र सहचालकसगं निकुञ्जका कर्मचारीले अभद्र ब्यवहार गर्नुका साथै रसिद काट्न लगाएको थियो । बाकें निकुञ्जको नियम मिचेको अरोप लगाउदै कर्मचारीले बसका सवारिलाई अभद्र ब्यवहार समेत गरेको सुनाए । भुलबस बस बस रोकेकोले हामिलाई जान दिनु भन्दा कर्मचारीहरुले अनावश्यक रुपमा विवाद सृजना गर्दै रसिद काट्न बध्य बनाएका थिए । निकुञ्जका कर्मचारीहरुले हामी त मन्त्री सांसद र मेजरले गाडी रोकेको पाए छोड्दैनौ भन्दै धम्काएका थिए । बसमा सवार कपिलवस्तुको टोलिले निकुञ्जका कर्मचारीहरुमा नैतिक शिक्षाको कमि भएको जनाएका छन ।
यता बांके राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख प्रमोद भट्टराईले कर्मचारीले गलत ब्यवहार गरेको भए सत्यतथ्य पत्ता लगाएर कार्वाही गर्ने धारणा राखे । प्रमुख भट्टराईले निकुञ्ज भित्र कुनै पनि सवारी साधन बिना अनुमति रोक्न नपाइने नियम रहेको छ तर अधिकांसले नियमको पालन नगरेलो पाइएको छ । हामीले सूचना दिदै निकुञ्जको संरक्षण गर्दै आएको उहाले भन्नुभयो ।
बांके राष्ट्रिय निकुञ्जको पुर्व पश्चिम राजमार्गमा लगाएको सूचना बोड्ले यात्रु झुक्किदै आएका छन । निकुञ्जको अधिकांस सुचना वोडहरु च्याटिएको छ । सूचना बोडहरु च्यात्तिएको बर्षौ बितेपनी यस तर्फ निकुञ्जको ध्यान जान नसकेको हो । सुचना वोड मर्मत तर्फ ध्यान नदिई यात्रुलाई समस्यामा पार्दै आएको पाइएको छ । च्यात्तिएको निकुञ्जको सुचनाबोड्ले गलत सन्देश दिएको पाइएको छ । निकुञ्जका कार्यालय प्रमुख प्रमोद भट्टराईले सूचना बोडको मर्मत सम्भार गर्ने कार्य जारी रहेको जनाउनु भयो ।


















