गोदावरीमा अवैध लागूऔषध सहित प्रकाउ

129

ललितपुर – गोदावरी नगरपालिका २ चापाखर्क बस्ने ४४ वर्षीय सन्त सिंह तामाङ लगायत ३ जनालाई सोमबार दिउँसो प्रहरील अवैध लागूऔषध गाँजा सहित  पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बाँडेगाउबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी तलासी गर्दा उनीहरुको साथबाट करिब १ सय केजी लागूऔषध गाँजा फेला पारेको हो ।

त्यस्तै उदयपुर, बेलटार नगरपालिका ९ रामपुर बस्ने ३५ वर्षीय आकास तिम्सिना लगायत अन्य ३ जनालाई अवैध लागूऔषध गाँजा ३ सय ग्राम, नियन्त्रित लागूऔषध डाईजेल्याप ३ एम्पुल, लुप्रिजेसिक ४ एम्पुल, फेनारगन ४ एम्पुल, नाइट्रभेट ११ ट्याबलेट, डाइलेक्स डिसी १ सय एमएलको २ बोतल र स्पास्मोप्रोक्सिभोन प्लस ५९ ट्याबलेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

तिम्सिनाको घरमा अवैध लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

साथै तिम्सिनाको घरबाट गाँजा काट्न प्रयोग हुने काठको टुक्रा २ थान, खुकुरी १ थान, नगद १५ हजार रुपैयाँ, मिनी ल्यापटप १ थान , बा.१९ च ८४७४ नम्बरको कार समेत प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here