जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

538

धनुषा – १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-६ बस्ने २६ वर्षीय अजय कुमार मुखियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरी गाउँमा विवाह हेरी घर फर्किने क्रममा मुखियाले रहरघारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तरापट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here