अवैध लागूऔषध गाँजा सहित पक्राउ

245

धादिङ – बेनिघाट रोराङ गाउँपालिका-९ माझीटारस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ९ सय ग्राम सहित स्याङजा पुतलीबजार नगरपालिका-१४ बस्ने २० वर्षीय जोन रानालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले ग.१६ प ९०२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटर चालक रानालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here