अवैध लागूऔषध ब्राउन सुगर सहित पक्राउ

170

मोरङ – बिराटनगर महानगरपालिका-१५ चाईना मार्केटबाट बेलबारी नगरपालिका-८ गौंथली चोक बस्ने २९ वर्षीय कमान सिंह राईलाई अवैध लागूऔषध ब्राउन सुगर १५ ग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको प्रहरीले भारत जोगवनीबाट नेपालतर्फ आउँदै गरेका शंकित पैदलयात्री राईलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । राईले भारत जोगवनीबाट उक्त ब्राउन सुगर करिब ५० हजार रुपैयाँमा खरिद गरी आफू सेवन गर्ने तथा अन्य सेवनकर्ताहरुलाई प्रति डोज १ हजार रुपैयाँको दरले करिब १ लाख ५० हजार रुपैयाँमा बिक्री वितरण गर्ने गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here