नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध मुद्दा दर्ता

70

काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।  अनुसन्धानका क्रममा उनीहरूले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको छ ।

बिहारको संस्कृत शिक्षा बोर्ड र मिथिला संस्कृत विश्वविद्यालयबाट प्रमाणपत्र ल्याएर सरकारी सेवामा प्रवेश गर्ने अधिकांश शिक्षक, प्रहरी र सावर्जजनिक संस्थानका कर्मचारी रहेकाछन् ।  नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेरै सरकारी सेवा प्रवेशदेखि बढुवासमेत भएको पाइएको छ । त्यस्ता कर्मचारीविरुद्ध अख्तियारले उजुरीका आधारमा मुद्दा दर्ता गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here