काठमाडौं – नेपालभाषाकाे माध्यमबाट समाचार दिने पहिलो टेलिभिजन च्यानल ईमेज च्यानलले अब नेपालभाषामा समाचार बन्द हुने भएको छ ।
दिनहुँ बेलुका प्रशारण भइरहेको नेपालभाषाको समाचार किन बन्द गरिन लागेको हो यस विषयमा कुनै पनि औपचारिक जानकारी प्राप्त भएको छैन ।
च्यानलको व्यवस्थापन पक्षबाट यही चैत १ गतेदेखि नेपालभाषाको समाचार बन्द गरिन लागेको थाहा हुन आएको छ ।


















