भारतीय सेना हटाउने संकल्प प्रस्ताव हट्यो

77

काठमाडौं – लिम्पियाधुरासहितको नेपाली भूमि मिचेर भारतले जारी गरेको नक्शा सच्याउन तथा कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता पठाउन माग गर्दै सत्तारुढ सांसदले दर्ता गराएको संकल्प प्रस्ताव बिहीवार प्रतिनिधि सभाको कार्यसूचीबाट हटेको छ । सचिवालयले बुधवार प्रकाशित गरेको बिहीवारको सम्भावित कार्यसूचीमा संकल्प प्रस्तावमाथि छलफल तय गरिएको थियो ।

नेकपा सांसद खगराज अधिकारीले सदनमा दर्ता गराएको संकल्प प्रस्तावमा छलफल गर्ने बिहीवारको प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा उल्लेख थियो ।संसदले बिहीवार प्रकाशित गरेको कार्यसूचीमा संकल्प प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम हटाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here