आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

81

काठमाडौं – संखुवासभा, पाँचखपन नगरपालिका-८ पोख्राङ बस्ने वृहस्पति गौतमको गोठबाट मंगलबार राति आगो सल्कन गई घरमा समेत आगलागी हुँदा गोठ र घर पूर्णरुपमा जलेर करिब ८ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मोरङ, धनपालथान गाउँपालिका-२ ललैया बस्ने सुरेन सरदारको घरमा बुधबार बिहान आगलागी हुँदा करिब २ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ताप्लेजुङ, आठराई त्रिवेणी गाउँपालिका-१ भिरगाउँ बस्ने वीर बहादुर गुरुङको घरमा बुधबार दिउँसो आगलागी हुँदा करिब ७ लाख ४९ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here