कोरोनाबाट बंगलादेशमा एककाे मृत्यु

78

एजेन्सी – बंगलादेशमा कोरोना ९कोभिड–१९० भाइरसबाट संक्रमित एक बिरामीको बुधबार मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन्।

यो रोगबाट बंगलादेशमा भएको यो पहिलो मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ।

मृत्यु हुने ७० वर्षका ती व्यक्ति डायबेटिज, मिर्गौला रोग, तथा उच्चरक्तचापका बिरामी रहेको, त्यहाँको सरुवारोग नियन्त्रण तथा अनुसन्धान प्रतिष्ठानकी निर्देशक मीरजादी सब्रिनाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइन् ।

बंगलादेशमा बुधबार नै थप चार संक्रमणका बिरामी रहेको पनि पुष्टि गरिएको छ। योसँगै सो मुलुकमा संक्रमितको संख्या १४ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here