हङकङमा रहेका नेपालीलाई कोरोना

83

एजेन्सी – हङकङमा बसाेबास गरि रहेका एक नेपालीलाइ कोरोना भाइरस सिकार भएकाे छ ।  कोरोना संक्रमण देखिएको हङकङस्थित नेपाली महाबाणिज्य दूताबासले जनाएको छ ।

समाचारहरुमा जनाइएअनुसार संक्रमित नेपाली हङकङकै चर्चित नाइट हव लाङ्काई फोङ्मा बार कार्यरत थिए । पछिल्लो समय कोरोनाको संक्रमण विश्वभर फैलिरहेका बेला क्वारेन्टाइनमा राखिएकाहरु पनि यो बारमा गएका थिए । त्यही कारणा क्लबका कर्मचारीलाई कोरोना संक्रमण भएपछि अरूको पनि परीक्षण गरिएको थियो ।

त्यसक्रममा नेपाली नागरिकको पोजेटिभ रिपोर्ट आएको र उनको अहिले नर्थ डिष्ट्रिक अस्पतालमा उपचार भइरहेको छ ।हङकङस्थित महावाणिज्य दूतावासले भने बिहीबार विज्ञप्ति जारी गर्दै सम्पुर्ण नेपालीहरुलाई सर्तक रहन अपिल गरेको छ ।