जातीय विभेद मुक्त समाज निर्माण गर्न ‘मायाले सजाउँला’ सार्वजनिक

42

काठमाडौं । नेपाली समाजालाई जातीय छुवाछुत तथा विभेद मुक्त बनाउनका लागि गायक ओम सुनारले नयाँ म्यूजिक भिडियाे  ‘मायाले सजाउँला’ सार्वजनिक भएकाे छ ।

शुक्रबार बेलुका काठमाडौंमा एक समारोहबीच सो गीतको भिडियो चलचित्र पत्रकार संघका पूर्व अध्यक्षहरु विदुर गिरी, शान्तिप्रिय, अभिनेता गजित बिष्ट, अन्तर्राष्ट्रिय इभेन्ट डिरेक्टर निशुकान्त झा, सामाजिक अभियान्ता खगेन्द्र सुनार, अन्तर्राष्ट्रिय इभेन्ट कोरियोग्राफर अश्विनी कान्त झासहित गायक ओम सुनार र मोडल एशिला बास्तोलाले सार्वजनिक गरे हुन ।

पत्रकार जीवन पराजुलीद्वारा सञ्चालित कार्यक्रममा बोल्दै गीतकार एवम् पत्रकार शान्तिप्रियले भने,‘मानिसहरु सबै एक भएकाले मनावबीच जातीय विभेद हुनुहुन्न भन्ने सन्देश बोकेको यो गीत र भिडियो आफैंमा समय सान्दर्भिक रहेको छ ।’

सामाजिक अभियान्ता खगेन्द्र सुनारले नेपाल अभैm पनि जातीय विभेद कायम रहेको जनाए । उनले उपल्लो जातीका चेलीसँग प्रेम तथा विवाह गरेको भन्दै दलितहरुको ज्यान लिने क्रमजारी रहेको बेला यो गीतले त्यस्तो अपराध रोक्न मद्धत पु¥याउने विश्वास रहेको जनाए ।

यो गीतका गायक ओम सुनारले समाजमा गीतसंगीतबाट पनि सकारात्मक सन्देश दिन सकिन्छ भनेर यो गीत र सन्देश मुलक भिडियो बजारमा ल्याएको बताए । भिडियोमा जातीय विभेदले समाजमा निम्त्याएका घटनालाई उठाएको जानकारी गराउँदै उनले भने,‘समृद्ध नेपाल हुनका लागि रोक्ने एउटा समस्या जातीय विभेद पनि भएकाले त्यसलाई अन्त्य गर्नैपर्छ भन्ने नै यसको मुख्य सन्देश हो ।’ गायक ओमकै अवधारणमा यो गीतको भिडियो तयार भएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here