बन रक्षक र जनावर तस्करबीच गोली हानाहान हुँदा एकको मृत्यु, एक घाईते

250

बारा – पर्सा राष्ट्रिय निककुञ्जमा बन रक्षक टोली र जनावर तस्करबीच दुई तर्फी गोली हानाहान भएको छ ।

दोहोरो गोली हानाहान पछि एक तस्करको मृत्यु भएको छ  भने एक जना पक्राउ परेका छन् । मृत्यु हुनेमा मकवानपुर पदमपोखरी १३ का भिमलाल मोक्तान रहेका छन् । भने सोही स्थान बस्ने मोहन सिंह मोक्तान पक्राउ परेका छन् ।

बनरक्षक टोली आर्मीले तस्करहरुको साथबाट २ थान भरुवा बन्दुकका साथै त्यसमा प्रयोग हुने गोली र केही बारुध नियन्त्रणमा लिएको छ ।

निकुञ्जको कोर क्षेत्रमा जनावर मार्न पसेका तस्करहरुको समुहले जनावर मार्न हतियार पडकाए पछि आर्मीले थाहा पाएका थिए । गस्तीमा रहेका नेपाल आर्मीले तस्करले पडकाएको बन्दुकको आवाज सुनेर हेर्न जाँदा तस्करहरुसँग तोहोरो भिडन्त भएको पर्सा राष्ट्रिय निककुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले बताए ।

दोहोरो भिड्न्तका क्रममा नेपाल आर्मीका जमदार मिन बहादुर सन्त्याल तस्करको गोलीबाट घाइते भएका छन् । सन्त्यालको थाईमा गोली लागेको हो । घाईते सत्यालको उपचार भइरहेको छ । पक्राउ परेका तस्कर मोहन सिहंलाई राष्ट्रिय निककुञ्ज संरक्षण ऐन २०२९ अनुसार कारवाही अगाडि बढाइने प्रमुख संरक्षण अधिकृत महर्जनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here