काठमाडौं – पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहन बस्नेत पक्राउ परेका छन् ।
लकडाउनका बेला जनतालाई भेला गर्दै राहत वितरण गरेका कारण उनलाई प्रहरीले गिरफ्तार गरेको हो । अहिले सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयमा राखिएको जनाइएको छ ।
उनले बाँडिरहेको राहत कब्जामा लिएर प्रहरीले स्थानीय गाउँपालिकालाई जिम्मा दिएको छ ।
यस्तै रसुवाका नेपाली कांग्रेसका सांसद मोहन आचार्य र संघीय समाजवादी पार्टीका प्रदेश सांसद प्रमे तामांगलाई राहत बाँडिरहेका बेलामा प्रहरीले नियन्त्रणमा लिएको थियो । लकडाउनका बेलामा आफूले जनतालाई भेला गराएर राहत गर्नु गल्ती भएको र अब आइन्दा यसो नगर्ने भनेर कागज गरेपछि छाडिएको छ ।


















