काठमाडौं – सरकारले जारी गरेको लकडाउन उल्लघंन गर्ने १२ सयभन्दा बढी पक्राउ परेका छन् ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या नौ पुगिसकेको छ । महामारीका रुपमा फैलिकएको कोरोनाभाइरसको संक्रमण नेपालमा फैलन नदिन तथा यसको नियन्त्रणका लागि चैत्र ११ बाट लकडाउन जारी गरेको थियो।
लकडाउनको १३ औं दिन आज विहान ८ बजेसम्म १२ सयभन्दा बढी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा १ हजार ४० जना पुरुष रहेका छन् भने २ सय ४८ जना महिला रहेका छन् । त्यस्तै ६२ वटा सवारी साधनपनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
शनिबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउनलाई थप कडाइ गर्दै एक स्थानीय तहबाट अर्को स्शथानीय तहमा जानसमेत रोक लगाएको छ ।

















