नर्भिक अस्पतालद्धारा सरकारलाई ६० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तर

60

काठमाडौं – नर्भिक अस्पतालले सरकारलाई ६० लाख मूल्य बराबरको मेडिकल सुरक्षा साम्री सामग्री उपलव्ध गराएको छ ।

अस्पतालले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर मेडिकल सुरक्षा सामग्री उपलव्ध गराएको हो ।

अस्पतालले थ्री एम एन९५ मास्क दुई हजार थान, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान तथा मेडिकल कम्प्लिट सेट एक हजार थान मन्त्रालयलाई उपलब्ध गराएको हो । यस्तै नर्भिक अस्पतालले चैत मसान्तसम्म उक्त अस्पतालमा उपचाररत सबै बिरामीलाई २० प्रतिशत छुट दिने घोषणा समेत गरेको छ ।

यस्तै फिभर क्लिनिक र आइसोलेसन कक्षमा उपचार गराउने विपन्न बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको अस्पतालका अध्यक्ष बसन्त चौधरीद्धारा प्रेसित विज्ञप्तीमा जनाइएको छ ।

अस्पतालले यसअघि नै सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० लाख रुपैयाँ सहयोग गरिसकेको छ ।

यसैबीच स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग महत्वपूर्ण रहेको जनाएका छन् । अस्पतालले उपलव्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उनले विपतको घडीमा निजी क्षेत्रबाट राम्रो सहयोग पाईरहेको जनाए  ।

“कोरोना महामारी विरुद्धको अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग उपलब्ध भइरहेको छ”, उनले थपे “हामी सबै यस अभियानमा जुट्नुपर्छ ।” रोग फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने मन्त्री ढकालले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here