नातिको विवाहमा बेलायत पुगेका बाग्लुङका केसीको कोरोनाबाट निधन

135

लण्डन – नातिको विवाहका लागि बेलायत आएका कर्णबहादुर केसीको कोरोना संक्रमणका कारण निधन भएको छ । उनी मार्चको २ तारिखमा लण्डनमा भएको नातिको विवाहमा भाग लिन उनी श्रीमतीसहित बेलायत आएका थिए । बेलायत बस्दाबस्दै खानाको स्वाद थाहा पाउन छोडेपछि र पखाला चल्न थालेपछि उनलाई उत्तरी लण्डनमा रहेको नर्थविक पार्क हस्पिटलमा भर्ना गरिएको थियो । १० दिनसम्म आइसियुमा राख्दा पनि उनको स्वास्थ्योपचारमा कुनै सुधार भएन । उनको गत बुधबार अप्रिल ८ तारिखका दिन कोरोनाबाट निधन भएको प्रवासी नेपाली एकता मन्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिएको वीनेपालीले लेखेको छ ।

उनी बेलायतमा छोरा मिलन केसी र बुहारी सरस्वती केसीका साथ बसोबास गर्दै आएका थिए । उनीहरु दुवैजना लण्डनमा व्यवसायरत छन् भने सरस्वती केसी गैरआवासीय नेपाली संघ युकेकी कार्यसमिति सदस्य हुन् । उनको पुर्ख्यौली घर बाग्लुङ भएको बुझिएको छ । उनका श्रीमती, चार छोरा र एक छोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here