राष्ट्रपति ट्रम्पका साथी चेराको कोरोनाभाइरसबाट मृत्यु

78

एजेन्सीअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निकै मिल्ने साथी स्ट्यानले चेराको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

उनी न्यूयोर्क सिटीका रियल स्टेट डेभलपर हुन् । साथै, उनले रिपब्लिकन पार्टीलाई आर्थिक सहयोग प्रदान गर्दै आएको सिएनएनले जनाएकाे छ ।
चेराले सन् २०१६ देखि २०१९ सम्म डोनल्ड ट्रम्पलाई राष्ट्रपति चुनावका बेला र उनको विजयपश्चात् ४ लाख २ हजार ८ सय डलरको आर्थिक सहयोग गरेको फेडरल इलेक्सन कमिसन रेकर्डले जानकारी दिएको छ ।

चेराले गत नोभेम्बरमा आयोजित न्यूयोर्क सिटी भेटरन डे परेडमा ट्रम्पलाई ‘मेरा निकै मिल्ने साथी’ भनेर सम्बोधन गरेका थिए ।

यस्तै ट्रम्पले पनि मिचिगनको ग्रान्ड र्यापिड्समा आयोजित –यालीमा चेरालाई देखाउँदै भने, ‘उनी उत्कृष्ट व्यक्ति हुन् । मसँग मेरा सुरुवाती दिनदेखि नै सँगै छन् ।’ न्यूयोर्क पोष्टले चेरा गत मार्च २४ तारिखमा अस्पताल भर्ना भएको जानकारी दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here