संकटमा कार्यकर्तालाई जागिर खुवाउने होइन: कांग्रेस

130

काठमाडाैं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी संकटका बेला सरकार राजनीतिक नियुक्ति गरेर बसेको आरोप लगाएको छ।

जनता र राष्ट्रको सुरक्षा गर्नु अहिलेको परिस्थितिमा सरकारको पहिलो कामअहिले कार्यकर्तालाई जागिर खुवाउने बेला होइन: कांग्रेस भए पनि जिम्मेवारीबाट पन्छिएर संकटका बेला आयोग गठन गर्दै आफ्ना निकटस्थलाई जागिर खुवाएको कांग्रेसको धारणा  छ।

‘सरकार जनता प्रतिको आफ्ना जिम्मेवारीबाट पन्छिदै यस्तो गम्भीर एवं संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थहरुलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति निकालेर भनेका छन्।

सरकारले हालै चितवनका देवी ज्ञवालीलाई सुकुम्वासी आयोगमा नियुक्त गरेको थियो।

सरकारको मुल काम महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितको उपचार गर्नु रहेको कांग्रेसको धारणा छ। प्रतिपक्षी दलहरूले सहयोग गरिरहेको अवस्थामा पनि सरकार महामारी नियन्त्रणमा गम्भीर बन्न नसकेको खाँणले उल्लेख गरेका छन्। लकडाउनका बेला सरकारले उचित व्यवस्थापन गर्न नसक्दा जन पीडामा रहेको कांग्रेसको धारणा छ।

‘सरकारले लामो समय लकडाउनको घोषणा गरेको छ तर उचित व्यवस्थापन गर्न नसकेको कारणले जनता पिडामा रहेका छन्,’ खाँणले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।  स्वास्थ्य सामग्री र उपकरण खरिदको व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोर क्षमता र नियतमा नै खोट देखिएको खाँणको धारणा छ।

चिकित्साकर्मी डाक्टर, नर्स, स्वास्थ्यसेवक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिले अहोरात्र अभूतपूर्व योगदान गरेकोमा कांग्रेसले धन्यवाद दिएको छ। ‘महामारीमा खटिने सबैको सुरक्षाको लागि सरकार संवेदनशील, गम्भीर र उत्तरदायी बनोस्,’ खाँणले भनेका छन्। पैदलै घर गएकाहरूलाई सरकारले खानपिनको व्यवस्था मिलाउनुपर्ने कांग्रेसको धारणा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here