सिटिजन लाइफद्वारा कोषमा ७ लाख ५० हजार सहयोग

73
काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

कम्पनीसँगको समन्वयमा कम्पनीको शाखा कार्यालयहरुले स्थानिय निकायसँग सहकार्य गरि महामारी सचेतना तथा रोकथामको लागी अत्यावश्यक सहयोग गरेको कम्पनीले जनाएको छ ।

विश्वभर फैलिएको यस महामारीलाई नेपालमा फैलिन नदिनको लागि स्थानीय निकाय र नेपाल सरकारले निरन्तर रुपमा प्रयास गरिरहेको यस समयमा उपलब्ध गराइएको आर्थिक सहयोगले केहि हदसम्म भएपनि मद्दत पुर्याउने आशा गरिएको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here