टेलिकमले दुई लाख ग्राहकलाई निःशुक फोन, एसएमएस र डाटा प्याकेज सुविधा दिने

54

काठमाडाैं – नेपाल टेलिकमले झण्डै २ लाख ग्राहकलाई निःशुल्क रुपमा भ्वाईस, एसएमएस र डाटा सुविध दिने भएको   छ ।

सिम कार्डमा ब्यालेन्स न्यून भई लकडाउनमा आफन्तसँग सम्पर्क गर्न नपाएका झण्डै २ लाख भन्दा बढि ग्राहकलाई सो सुविधा दिन लगेको टेलिकमले जनाएको छ ।

सो सुविधा आज राती १२ बजेदेखि लागू हुने जनाइएको छ । यसका लागि अर्थ र सञ्चार तथा

सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडाले टेलिकमलाई निर्देशन दिएका थिए ।

टेलिकमले ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि निम्न अनुसार प्याकेज प्रदान गर्ने जनाएको छ ।

१. निम्न अनुसारको जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराउनेस्

  •  २५ वटा अन-नेट एसएमएस
  • ५० मिनेट अन-नेट भ्वाइस
  •  १०० एमबी डाटा
  •  प्याकेजको अवधि ७ दिनको हुने

२. सो प्याकेज आगामी २ दिन सम्म उपलब्ध गराइनेछ ।

३. सो प्याकेजको प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने ।

४. सो एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिने ।

५. सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने ।

६. सो प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई माथिको नियम अनुसार उपलब्ध गराइने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here