`भारतको अवस्था हेरेर लकडाउनका खोल्ने विषयमा निर्णय हुन्छ´

218
काठमाडौं – सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले नेपालमा संक्रमणको जोखिम बढेको जनाउँदै
लकडाउन खोल्ने निर्णय एकपक्षीय रुपमा गर्न नसकिने जनाएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले  मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना भएको पत्रकार सम्मेलनमा  लकडाउनको समयमा पनि खुला सिमानाका कारण  लुकिछिपी नेपाल प्रवेश गर्ने गरेको कारण सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेर लक डाउनका खोल्ने विषयमा निर्णय हुने  जनाए ।
 नागरिकहरुमा कोरोनाप्रति चेतनाको विकासले पनि प्रभाव पार्ने भन्दै उनले जोखिममुक्त छौँ भन्ने भएपछि मात्रै लकडाउन खोल्ने निर्णय हुने बताए ।
नेपालमा गत चैत ११ गतेदेखि लकडाउन जारी छ । पछिल्लो पटक थपिएको अवधिअनुसार यही वैशाख १५ गतेसम्म लकडाउन छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नवलपरासी, बर्दघाट सुस्ता पश्चिम र दाङ जिल्लाको छुट जग्गा नापजाँचका लागि सम्बन्धित जिल्लाका नापी कार्यालयलाई खटाउने निर्णय गरेको छ ।
यस्तै मुस्ताङ र काभ्रेपलान्चोक जिल्लाको जग्गा पनि पुनः नापजाँच गर्ने निर्णय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here