एकैपटक महिला र पुरुषद्वारा आत्महत्या

195

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा  एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन् ।
श्रेष्ठका श्रीमती र छोरा तथा  खड्काका श्रीमान् र  छोरा रहेको  जिल्ला प्रहरी कार्यालय, भैरहवाका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।  दुवै बुटवलमा बस्दै आएका थिए । रासस

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here