दुई महिनाको बच्चामा समेत काेभिड १९

96

काठमाडौं- नेपालमा दुई महिनाको बच्चामा पनि कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई महिनाको बच्चामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता विकास देवकोटाले बुधबार उनीसहित १७ जनालाई कोरोना संक्रमण भएको जनाए । नेपालमा कोरोना संक्रमण हुनेको संख्या ९९ पुगेको छ। यसअघि नेपालगञ्जमा ७ वर्षीय बालिकामा कोरोना संक्रमण भएको थियो।

नेपालमा सबैभन्दा बढी ८१ वर्षीय वृद्धामा संक्रमण देखिएको थियो। काठमाडौंको सनसिटी अर्पाटमेन्टमा बस्ने ती वृद्धा निको भएर घर गइसकेकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here