काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द लोहनीले नेपाल भारत सीमा विवादका विषयमा नेपालसँग भन्दा भारतसँग कम प्रमाण भएकाले उ धरै कुरामा अनविज्ञ रहेको जनाएका छन् ।
उनले भने, ‘हामी सीमा विवादका विषयमा बार्तामा बस्यौँ । दुवै देशको दावी रह्यो । हामीले मित्रराष्ट्र भारतसँग सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो र यसमा धेरै विवाद भयो अब टुंग्याउ भन्दा उनीहरुले पनि दावी गरेका छन् । हामीले प्रमाण माग्यौँ तर, उहाँहरुले दिन सक्नु भएन । प्रमाण दिन नसकेपछि यो विषयमा अहिले प्रमाण भएन पछि फेरी बसौँला भनेपछि हामी उठ्यौँ’ ।
उहाँले यो विवाद दुवैति रहेकाले सुगौली सन्धीलाई आधार बनाएर कुटनीतिक रुपमा पहल र छलफललाई गहन ढंगले अगाडी बढाउन आवस्यक रहेको बताएका छन् । उनले भारतले सुगौली सन्धीलाई आधार मान्न तयार नभएको खण्डमा नेपालले कांगडा र तिस्टासम्मका कुरामा दावी गर्नुपर्ने बताएका छन् । अहिले पनि भारतले कालापानी देखि लिम्पियाधुरा सम्मको भूभाग मेरो हो भनिरहेको तर, त्यसलाई नेपाली पक्षले प्रस्ट पार्न नसकेको लोहनीको भनाइछ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तिन पटक नेपाल आउँदा पनि नेपाल सरकारले सीमाको कुरा राख्न नसकेको दावी गरेका छन् । माग्ने, ढोग्ने भन्दा अरु काम प्रधानमन्त्रीबाट नहुनु नेपाल सरकारको कम्जोरी भएको लोहनीको धारणा छ ।
डा. लोहनीले भारतले नक्सा निकालेको समयमा यो जमिन हाम्रो भनेर नेपाल सरकारले आफ्नो नक्सा ननिकाल्नुमा कुनियत लुकेको जनाएका छन् । नेपाल सरकारले पत्र पठाएको राम्रो भएपनि ढिलाई भएको भन्दै उनले समयमै नेपाल सरकारले कुरा उठाएर विरोध गरेको भए भारतले आफो भूमिबाट सडक बनाउने बताएका छन् । उनले भने, सार्वभौम राष्ट्रले आफ्नो सीमाको रक्षा गर्न सक्नुपर्छ । नेपाल एक्लो छैन विश्वमा धेरै देश छन । उनिहरुलाई पनि सुनाउनुपर्छ । चीनको प्रर्दशन गलत थियो नेपाल प्रहरीले संयमित भएको हो । जमिनको विवाद सीमाना भएका छिमेकी संगै हुने हो । भारतको बंगलादेशसंग पनि थियो त्यो मिल्यो तर, अरु देशसंग मिलेको छैन’ । रेडियोएनआरएनडटकमबाट

















