काठमाडाैं – आज थप १७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जनाए । यसअघि ५७ जनामा पुष्टि भएको थियो।
देशमा अहिलेसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। नयाँ संक्रमित कुन जिल्लाका हुन र उनीहरुको उमर समूह के हो भन्नेबारेमा थप विववरण केही समयपछि दिनेछौं ।
स्वास्थ्य मन्त्रालयले भने नयाँ सक्रमित १७ जनाको केहीवेरमा आधिकारिक घोषणा गर्ने जनाइएको छ । एकैदिन ७४ जना संक्रमित भएको यो पहिलो घटना हो ।
विश्वका अन्य देशहरुमा हेर्नेहो भने पहिलो १ सय जना संक्रमित पुग्न धेरै समय लागेको छ भने त्यसपछि संक्रमितको संख्या दैनिक धेरै बढ्न थालेको ट्रेन्ड देखिएको छ । नेपालमा पनि पहिलो १०० जना संक्रमित पुग्न धेरै समय लागेको थियो त्यसपछिको १०० अर्थात जम्मा २ सय पुग्न केही दिन मात्र लाग्यो ।


















