एजेन्सी – विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ का विशेष प्रतिनिधि डाक्टर डेभिड नाबारोले विश्वभरका मानिसको पहुँचमा कोरोनाविरुद्धको खोप पुग्न साढे २ वर्ष लाग्ने जनाएका छन्।
जेनेभास्थित डब्लूएचओको मुख्यालयमा बीबीसीसँगको अन्तर्वार्ताका क्रममा नाबारोले सुरक्षित र प्रभावकारी खोप निर्माण गर्न कम्तिमा १८ महिना लाग्ने जनाउँदै विश्वभरका मानिसको पहुँचमा उक्त खोप पुग्न साढे दुई वर्ष लाग्ने जनाएका हुन्।
उनले भनेका छन्,‘अध्ययनका अनुसार एक सुरक्षित र प्रभावकारी खोप विकास गर्न कम्तिमा १८ महिना लाग्छ। त्यसपछि यसको निर्माण गरेर विश्वका ७ दशलमब ८ अर्ब जनसंख्यामा पुर्याउन अर्को एक वर्ष लाग्छ।’
डाक्टर डेभिड नाबारो
डाक्टर नाबोरो लण्डनस्थित इम्पिरियल कलेजमा ग्लोबल हेल्थ प्रोफेसर पनि हुन्। हाल विश्वभर सयभन्दा बढी खोप विकासको कार्य भइरहेको डब्लूएचओले गत महिना जनाएकाे थियो।
अमेरिका, चीन लगायतका मूलुकले मानिसमा कोरोनाविरुद्धको खोप परीक्षण पनि गरिसकेका छन्।


















