प्रथम महिला न्यायाधीशको ८१ बर्षमा निधन

92
काठमाडौं –  सर्वोच्च अदालतको प्रथम महिला न्यायाधीशको  निधन भएको छ । 
सुशीला सिंह (शिलु)को ८१ वर्षको उमेरमा शुक्रबार मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
उनी काठमाडौंको पकनाजोल निवासी हुन् । उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन् ।
उनका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन् । श्रेष्ठ पनि अस्वस्थ छन् । उनीहरुका एक छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here