खुला सिमाना नै कोराना संक्रमणको कारण बन्यो नेपालमा

153
– राज्यलक्ष्मी शाक्य 

 कोरोना भाईरसको संक्रमण संसारभर ब्यापक रुपमा फैलिईरहेका बेला पनि नेपालमा त्यसको प्रभाव नदेखिएका अवस्थामा सरकारले आफ्नो सब्यवस्थापनको प्रभावकारिता भनेर निकै प्रचार पनि गरेको थियो । तर क्र्रमिक रुपमा नेपालमै पनि कोरोनाको प्रभाव विस्तार हुन थाले पछि सरकारको कोरोना संक्रमण बिरुद्दको ब्यवस्थापन कति कमजोर रहेछ भन्ने पुष्टि भएको छ । शुरुमा विदेशबाट आउनेमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण अब देशक कुना काप्चासम्म पुगिसकेको छ । थ देशका झण्डै आधा जिल्ला भन्दा धेरै जिल्लाहरुमा कोरोना भाइरस संक्रमण प्रवेश भेसकेको छ ।

चिकित्सकहरु समेत भारसको ब्यापकताबाट अनत्तिन थालेको पाईएको छ । टेकुस्थित सरुवा रोग अस्पतालका  डा। शेरबहादुर पुनले कोरोना भाइरस अब निकै बढ्न सक्ने अनुमान गरेका छन्।  छन् । सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यमहरुमा चिकित्सकहरुबाट चिन्ता ब्यक्त हुन थालेको छ ।

 नेपालमा कोरोनाको संक्रमण शुरुमा मुसलमान समुदायमा फैलिएको पाईएको थियो । तब्लिगी जमाती र उनीहरुको सम्पर्कमा आएकाहरु बढी संक्रमित भएका थिए ।

 भारतीय सिमासंग जोडिएको उदयपुर जिल्लाको एकै स्थानमा मात्र ३० जनामा संक्रमण देखिएको थियो । पर्सामा पनि जमातीमा देखिएको थियो । तर, पछिल्लो समय अन्य समुदायमा पनि संक्रमण बिस्तार भेरहेको छ । त्यसपछि  कपिलवस्तुमा संक्रमण ह्वात्तै बढेको पाईयो । त्यसैगरि भारतसंग सिमाना जोडिएको पर्सा जिल्ला पनि कोरोना भाइरसको संक्रमणको केन्द्रबिन्दु बन्न पुगेको पाईयो । तराईका अधिकांश जिल्लामा संक्रमण विस्तार भए सँगै पहाडि जिल्लामातिर आवागमन नियन्त्रण नहुँदा सबैतिर बिस्तार हुन पुगिसको अवस्थाले अब नेपालमा भयावह स्थिति आउने खतरा बढेको छ ।

 भारततिरको खुला सिमाना नै नेपालका लागि सबैभन्दा ठूलो चुनौती बन्न पुगेको छ । भारत सरकारले आप्रवासी मजदुरहरुलाई घर जान दिन लकडाउन खुकुलो गर्दै रेल सञ्चालन गरेपछि कामका लागि भारत पुगेका नेपाली नागरिकहरुको आवागमन ह्वात्तै बढेपछि नेपालमा कोरोना भाईरसको संक्रमण नियन्त्रण भन्दा बाहिर पुगिसको छ । लक डाउन बाहेक सरकारले अन्य सावधानीतर्फ कुनै उपाय अवलम्वन गर्न सकिरहेको छैन ।

नेपालमा कोरोना भाइरसका संक्रमितमध्ये अधिकांश लकडाउनका बखत भारतबाट लुकिछिपी आएर नेपाल पसेको पाईएको  छ । भारतको कुनैपनि कदमले नेपालको कोरोना भाइरस संक्रमणको तथ्यांकमा सिधा असर पररिहेको छ । त्यसैगरी, काममा खटिएका  समूहमा कार्यरत सुरक्षा निकाय र चिकित्सकहरु खासगरी नर्शहरुमा पनि संक्रमण देखिएको छ । यो सबैभन्दा खतराको संकेतका रुपमा रहेको भएपनि सरकारले उचित ब्यवस्थापन गर्न सकिरहेको छैन ।

कार्यक्षेत्रमा खटिएका समूहमा कार्यरत अर्कोपक्ष पत्रकारहरुमा पनि संक्रमण भेटिएको छ । पर्सा र जनकपुरमा पत्रकारहरुमा पहिलोपटक संक्रमण देखिएको हो । काठमाडौं उपत्यकामा पनि बाहिरबाट आएकाहरुबाटै संक्रमण बिस्तार भैरहेको अवस्थाले जनजीवन अशुरक्षित महशुस गरिरहेका छन् । शहरी क्षेत्रमा संक्रमण बढ्दै जानुले अवस्था जटिल बन्ने निश्चितै आंकलन गर्न सकिन्छ ।

सरकारले कोरोना भाइरसको संक्रमण  बढेसँगै  जेठ १ गतेदेखि लक डाउनमा अलि कडाई  गरेको छ । यसअघि वितरित सवारी पास सबै रद्द गरेर नयाँ पासको ब्यवस्था गरेको छ । एक जिल्लाबाट अर्को जिल्लामा जान पनि कडाई गरिएको छ । तर सरकारले लागू गरेको यो नीति पुरानै हो , यो नीतिबाट संक्रमण नियन्त्रण हुन सकिरहेको छैन । मुख्य कुरा बाहिरबाट हुने आवागमन नै देशका लागि चुनौतीको बिषय बनेको छ तर पनि सरकाले बिकल्प अपनाउन नसक्दा जोखिम बढ्ने खतराबाट बच्न कठिन हुँदै गैरहेको छ ।

विश्व स्वास्थय संगठनले कोरोना भाइरस कहिल्यै पनि उन्मुलन नहुने भन्दै खतरा औल्याएको छ । विश्व स्वास्थ्य संगठनका आकस्मिक निकाय हेर्ने निर्देशक डा। माइक रेनले भ्याक्सिन पत्ता लागेपछि पनि यसलाई नियन्त्रण गर्न ठुलो शक्ति लगाउनुपर्ने चेतावनी उनलै दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here