सामूहिक बलात्कार गर्ने एक पक्राउ

131

भक्तपुरको मध्यपुर थिमि नगरपालिका ६ पुरानो ठिमीमा २० वर्षीया एक युवती सामूहिक बलात्कारको शिकार भएकी छन् । ६ युवाबाट ती युवती सामूहिक बलात्कृत भएको भक्तपुर प्रहरीले जनाएको छ । जसमध्ये एकजनालाई प्रहरीले नियन्त्रण लिएको छ । बाँकी पाँचजना भने फरार छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार गएको बिहीबार मध्यपुर थिमि नगरपालिका पुरानो ठिमीमा डेरा गरी बस्ने अन्दाजी २२ वर्षका रोहित गिरीले ती युवतीलाई ललाईफकाई तथा आर्थिक प्रलोभनमा पारी आफ्नै डेरामा लगेर जबरजस्ती करणी गरेका थिए ।

आफूले करणी गरेपछि ती युवतीलाई उम्किन नदिई गिरीले आफ्ना साथी कवाङ लामासहित ४ जनालाई आफ्नो कोठामा बोलाई उनीहरु सबैलाई पालैपालो रातभरि करणी गराएको भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनका अनुसार उक्त दिन रातभरि पालैपालो करणी गरेपछि सबै फरार भएका थिए । सामूहिक बलात्कृत भएकी युवतीले शुक्रबार बिहानै महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा जानकारी गराएपछि उक्त सामूहिक बलात्कारको घटना प्रकाशमा आएको प्रहरी नायब उपरीक्षक गिरीले भने ।  पीडित युवतीले दिएको हुलिया र विवरणका आधारमा काभ्रेको तेमाल गाउँपालिका बस्ने मध्यपुर थिमि नपा ६ पुरानो ठिमी नै बस्ने वर्ष २९ का कवाङ लामालाई सोही दिन लुकीछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो ।

उनलाई आइतबार जिल्ला अदालत भक्तपुरमा उपस्थिति गराइएको थियो । अदालतले १० दिनको म्याद अनुमति लिई लामामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । उनका अनुसार सामूहिक बलात्कारपछि फरार रोहित गिरीलगायतको खोजी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here