काठमाडौं – झापामा १७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १७ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।
संक्रमित व्यक्तिहरु झापाको कचनाकवल र बाह्रदशीका रहेको जनाइएको छ । उनका अनुसार थप १७ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको जनाइएको छ । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ४ पुगेको जनाइएको छ।
















