स्वास्थ्य र सुरक्षा क्षेत्रबाहेक सबै क्षेत्रको भत्ता खारेज

182
काठमाडौं –  सरकारले स्वास्थ्य क्षेत्र र सुरक्षा क्षेत्रलाई मात्र भत्ता व्यवस्था यथावत राखेर अन्य सबै क्षेत्रको भत्ता खारेज गरेको छ । 
कोरोना रोगको रोकथामका सन्दर्भमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको भत्ता यथावत् राख्ने भएको छ ।
राजस्व सङ्कलनमा आउने सङ्कुचन र सार्वजनिक खर्चमा पर्ने थप चापलाई व्यवस्थापन गर्न आगामी वर्ष प्रशासनिक खर्चमा मितव्ययिता ल्याउने जनाउदै सरकारले राष्ट्रसेवक कर्मचारीलाई प्रदान हुने प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्ता लगायतका सबै प्रकारका भत्ता साउनदेखि खारेज गर्ने र स्वास्थ्य क्षेत्र र सुरक्षा क्षेत्रलाई मात्रै निरन्तरता दिने भएको हो ।
साथै कार्यालय सञ्चालन, इन्धन, मर्मत, सहज अवस्था आएपछि हुने आन्तरिक र वैदेशिक भ्रमण, कम प्राथमिकताका गोष्ठी, सेमिनार, परामर्श, सहायता, भइपरी खर्च, फर्निचर, सवारी साधन खरिद तथा मर्मत खर्चमा उल्लेख्य बजेट कटौती गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here