लक डाउन परिवर्तनबारे छलफल गर्न प्रमले बोलाए विज्ञहरुको बैठक

90

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लक डाउन लगायत विषयमा छलफल गर्न बुधबार दिउँसो ४ बजे विज्ञहरुलाई बालुवाटार बोलाएका छन् । उनले खासगरी आर्थिक, सामाजिक, स्वास्थ्य लगायत क्षेत्रका २५ जना विज्ञलाई छलफलका लागि बालुवाटार बोलाएको प्रधानमन्त्री कार्यलयले जनाएको छ ।

उक्त छलफलपछि मात्रै लक डाउनको मोडालिटीबारे निर्णय लिइने बुझिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जेठ ३२ गतेसम्म लक डाउन लम्ब्याए पनि नेपालमा संक्रमितहरुको संख्या बढिरहेको छ । यद्यपि लक डाउनको मोडालिटी परिवर्तन गर्न र आर्थिक गतिविधि सुरु गर्न सरकारमाथि दबाब परिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here