काठमाडौं – इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्लियर टीभीमा ई–कक्षा प्रसारण सुरु गरेको छ । लकडाउनको परिस्थितिमा विद्यार्थीको पठन पाठनमा अवरोध नहोस् भनी कम्पनीले क्लियर टीभीको च्यानल नम्बर २९३ मा ई–कक्षा प्रसारण गरिएको हो ।
कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई यस्तो समयमा उपयोगीमूलक शैक्षिक सेवा दिनका निम्ति डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक सामग्रीलाई समावेस गरी च्यानलको प्रसारण सुरु गरेको हो । विज्ञान, सामाजिक शिक्षा, अंग्रेजी, हिसाब र नेपालीको पाठ्यक्रम समावेश गरिएको ई–कक्षा सोमबारदेखि शुक्रबारसम्म बिहानको ११ बजेदेखि सुरु हुनेछ


















