काठमाडौं – निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं उपत्यकामा तरकारी आपूर्तिमा समस्या देखिएको छ ।बाढी र पहिरोले उपत्यका भित्रने मुख्य सडक अवरुद्ध हुँदा कालीमाटी बजारमा पहिलेझैं तरकारी भित्रिन नसकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सामान्य बेलामा भन्दा झण्डै आधा मात्रै तरकारी आएको समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए । ‘देशका विभिन्न भूभागबाट दैनिक झण्डै ६ सय टन तरकारी बजारमा भित्रिन्थ्यो ।


















