स्याङ्जाबाट कृषि ज्ञान केन्द्रका प्रमुखले सहल सक्रिय भएको जानकारी दिएका छन् । तर तिनीहरू कहाँ गएर बसेका छन् भन्ने बारेमा खोजी जारी रहेको उनले भने । चार दिनदेखि निस्क्रिय रहेका सलह एक्कासि देखिएपछि कृषि ज्ञान केन्द्र स्याङ्जाले त्यहाँ वरपरका स्थानीयलाई सजग रहन अनुरोध गरेको छ । कुनै घना जङ्गलमै सलह बसेको हुन सक्ने र वर्षा कम भएसँगै त्यो पुन सक्रिय भएर लाग्ने गर्दछ । सलह कडा खालको प्रजाति भएकाले वर्षाको समयमा ठूला आकारमा रुखका पात, हागाँको मुन्तिर बस्ने र घाम लागेसँगै सक्रिय बन्न थालेको हुमागाईंले जनाए ।
शुक्रबारसम्म जोखिम
शुक्रबारसम्म हावाको बहाव नेपालतर्फ रहेकाले सलहको जोखिम रहेपनि शुक्रबारबाट हावाको बहाव राजस्थानतर्फ फर्कने भएकाले नेपालमा सलहको जोखिम शुक्रबारसम्म कायमै हुने हुमागाईंले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा केशवराज पौडेलले लेखेका छन् ।


















