कोरोना संक्रमित आज २५९ थपिएसहित संक्रमित २१ हजार नाघ्यो

78

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा  थप २५९ जनामा कोरोना भाइरसको संक्रमित भएका छन् ।

देशका विभिन्न प्रयोगशालामा ७ हजार ६ सय ८७ जनामा गरिएको पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २२ हजार ९ जना पुगेको छ। म‌ंगलबार ६५ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार  २६ जना उपचारपछि निको भएका छन्। अहिलेसम्म ५८ जना संक्रमितको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here