आज बुधबार विहानसम्म सात लाख चार हजार तीन सय ४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने एक करोड १९ लाख १५ हजार दुई सय ६४ जना कोरोना मुक्त भइसकेका छन् ।
भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। अमेरिकामा मात्र एक लाख ६० हजार दुई सय ९० जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा ९६ हजार ९६, भारतमा ३९ हजार आठ सय २० जनाले कोरोनाबाट गुमाईसकेका छन् । तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको दर बढ्दै गएको छ । त्यहाँ आजसम्म ४८ हजार आठ सय ६९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै आठ सय ५७ जनाले ज्यान गुमाएका छन् भने ६ हजार एक सय ४८ जना कोरोना संक्रमित थपिएका एजेन्सीहरुले जनाएका छन् ।


















