पुनः बैंकमा आलोपालो

93

काठमाडौं – बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि पुनः आलोपालो प्रणालीमा कर्मचारी व्यवस्थापन गर्ने भएका छन्। अब बैंकले कुनै, कुनै शाखाबाट मात्रै सेवा दिने र एक दिनमा केही घण्टामात्रै बैंक खोल्न पाउनेछन्।

प्रदेश, स्थानीय सरकार र स्थानीय प्रशासनसँगको समन्वयमा शाखा खोल्नेबारे निर्णय लिन बैंकलाई राष्ट्र बैंकले निर्देशन दिएको छ। यसअघि बन्दाबन्दीको समयमा शाखा आंशिक सञ्चालन गरेका बैंकले पछिल्लो समय पुनः सरकारले भीडभाड नियन्त्रण गर्न थालेपछि राष्ट्र बैंकले आवश्यकताअनुसार समूह विभाजन गरेर आलोपालो प्रणाली लागू गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै बन्दाबन्दी, निषेधाज्ञा, सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली जस्ता विशेष परिस्थितिमा स्वास्थ्य सुरक्षाको मापदण्ड कायम राख्ने गरी सेवा दिन निर्देशन दिएको छ। जसका लागि राष्ट्र बैंकले बिजिनेस कम्युनिटी प्लान तयार पारेर विभिन्न समूह (सिफ्ट) मा कर्मचारी विभाजन गर्न र आलोपालो चलाउन भनिएको छ। यस्तै, सम्भव हुनेसम्मका कर्मचारीलाई घरबाटै काम गर्न सक्ने (ओर्क फ्रम होम)व्यवस्था मिलाउन पनि भनिएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here