घटनामा लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन् । यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका सदरमुकाम ल्याइँदैछ । राति सुतेका बेला घर भत्किँदा ठूलो क्षति भएको घाइतेहरुको उद्धारमा संलग्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आदर्श गाउँ कमिटी अध्यक्षसमेत रहेका गोविन्द पार्कीले जानकारी दिए ।
प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले जानकारी दिए । उनले घर भत्किँदा चार जनाको ज्यान गएको जनाउनुभयाे । उनले भने, ‘तीन तले घर रहेछ, भत्कन लागेपछि भागेर आँगनमा पुग्दासम्म भत्किसकेपछि पुरिएर मृत्यु भएको भन्ने आएको छ ।’ तर घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको मल्ल जनाए ।