घर भत्किँएर एकै परिवारका चार सदस्यकाे मृत्यु

128

डोटी – डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार सदस्यकाे  ज्यान जानुका साथै  पाँच जना घाइते भएका छन् । स्थानीय गोविन्द पार्कीले जनाए अनुसार, गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो ।

घटनामा लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन् । यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका सदरमुकाम ल्याइँदैछ । राति सुतेका बेला घर भत्किँदा ठूलो क्षति भएको घाइतेहरुको उद्धारमा संलग्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आदर्श गाउँ कमिटी अध्यक्षसमेत रहेका गोविन्द पार्कीले जानकारी दिए ।

प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले जानकारी दिए । उनले  घर भत्किँदा चार जनाको ज्यान गएको  जनाउनुभयाे । उनले भने,  ‘तीन तले घर रहेछ, भत्कन लागेपछि भागेर आँगनमा पुग्दासम्म भत्किसकेपछि पुरिएर मृत्यु भएको भन्ने आएको छ ।’ तर घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको मल्ल जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here