कीर्तिपुरको खोलामा शव फेला

284

काठमाडौं –  कीर्तिपुरको बल्खु खोलामा एक जना पुरूषको शव फेला परेको छ।

आइतबार बिहान कीर्तिपुर नगरपालिका-२ मक्वाचाबाट चन्द्रागिरी नगरपालिका-१५ नैकाप जाने झुलुङ्गे पुलमुनि एक पुरूषको शव फेला परेको हो।

‘बिहान ७ बजे हामीलाई शव फेला परेको भन्ने खबर आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो,’ महानगरीय प्रहरी वृत्त कीर्तिपुर डिएसपी रूकेश तन्डुकारले भने, ‘अन्दाजी ४५-५० वर्षका पुरूष हुन्।’ उनको सनाखत भइनसकेको डिएसपी तन्डुकारले जानकारी दिए।

‘हालसम्म सनाखत भइसकेको छैन। त्यसैले हामीले शवको तस्बिर पनि फेसबुकबाट सार्वजनिक गरेका छौं,’उनले भने।  शव पोष्टमर्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here