काेराेना संक्रमितकाे संख्या विश्वभर दुई करोड ४० लाख नाघ्याे

158

काठमाडौं – विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४० लाख ४९ हजार सात सय सात पुगेको छ ।

त्यस्तै, आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख २३ हजार दुई सय ६६ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ६५ लाख ९९ हजार एक सय ४३ नाघेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकामा मात्र एक लाख ८२ हजार चार सय चार जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

त्यस्तै,ब्राजिलमा एक लाख १६ हजार ६ सय ६६ जनाको ज्यान गएको छ । भारतमा ५९ हजार ६ सय १२ जनाले कोरोनाका कारण गुमाईसकेका छन् ।
त्यस्तै बुधबार विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म १९ हजार एक सय १९ जनाले कोरोना जितेका छन भने एक सय ६४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।मंगलबार मात्रै नेपालमा सात जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here