कोरोना खोप विकासमा रुसले उछिन्यो अमेरिकालाई, अमेरिकाको दोस्रो बन्ने प्रयास पनि असफल हुने संकेत !

90
–राज्यलक्ष्मी शाक्य

विश्वलाई आक्रान्त बनाइ रहेको कोभिड १९, कोरोना भाइरसले अन्ततः विज्ञानसँग हार खानैपर्ने भएको छ । विज्ञानले कोरोना भाइरसका विरुद्ध पनि खोप विकास गरिसकेको खबरले संसारलाई खुशी तुल्याइएको छ । मानव जीवनलाई नै अस्तव्यस्त बनाउन सफल भएको कोरोना भाइरसले मानव सभ्यतालाई भने चेतावनी दिएर गएको छ । यसको प्रभाव अभैm २÷४ महिना देखापर्ने नै छ । कोरोनाकै कारण मर्नेहरुको संख्या अभैm थपिने निश्चित छ । तर कोरोना लाग्न नपाउने गरि खोप लगाउन पाइने सम्भावना अव निश्चित भइसकेको छ । यही अगष्ट महिनाभित्र मानव जीवनमा कोरोनाविरुद्धको खोपको शुरुवात हुने आशा पलाएको छ । रुसले आफूले बनाएको कोरोना भाइरसविरुद्धको खोपको उत्पादन सुरु गरिसकेको छ । रुसको स्वास्थ्य मन्त्रालयले खोपको पहिलो ब्याच बनाइसकेको जनाएको छ । यो संसारकै लागि खुशीको विषय हो ।

रुसले खोपलाई राष्ट्रिय मान्यता दिइसकेको छ भने दर्ता पनि गरिसकेको छ । अहिले रुसी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू रातारात खोप बनाइरहेका छन् । योसँगै तेस्रो चरणको परीक्षणको तयारी पनि भइरहेको जनाइएको छ । फिलिपिन्स सरकारले आफ्नो देशमा तेस्रो चरणको परीक्षण गर्ने जानकारी सार्वजनिक गरेको छ ।  रुसले विश्वका मानिसहरूलाई बचाउन मासिक ५० लाख डोज खोप उत्पादन गर्नेसमेत जनाएको छ । ‘स्पुतनिक—५’ नाम दिइएको खोप पूर्ण रूपमा सुरक्षित रहेको रुसी राष्ट्रपति पुटिनले दावी गरेका छन् ।  उनले पहिलो परीक्षण आफ्नी छोरीलाई नै गरेको समेत जानकारी सार्वजनिक गरेर खोपको विश्वसनियता दिलाउन प्रयास गरेका छन् । रुसको यो सकारात्मक कामलाई अमेरिकाले भने विश्वास गरिरहेको छैन । अमेरिका अरुलाई आरोप लगाउनमै तल्लीन रहेको छ । कोरोना भाइरसको उत्पादन चीनले गरायो भन्दै चीनलाई अपमानित गर्ने अमेरिकाले भाइरसविरुद्धको खोप उत्पादन गर्न सफल भएको रुसलाई पनि त्यस्तै ढंगले अपमानित गर्ने काम गरिरहेको छ ।

तत्कालीन सोभियत सङ्घले पहिलोपटक अन्तरिक्षमा ‘स्पुतनिक’ नामको उपग्रह पठाएको थियो । यो नै विश्वको पहिलो उपग्रह पनि हो । त्यसपछि मात्रै अमेरिकाले उपग्रह पठाएको थियो । अमेरिकाले आफ्नो पराजय स्वीकार गर्नु पर्ने बाध्यता पनि यसकारण पनि देखिएको छ । स्टालिनको पालामा पहिलोपटक अन्तरिक्षमा उपग्रह पठाएर सोभियत रुसले विश्वमा नयाँ रेकर्ड बनाएको थियो । अहिले पुटिनले कोरोनाविरुद्धको खोप बनाएर विश्वलाई नयाँ उपहार दिन सफल भएका छन् । यो पनि विश्वको पहिलो रेकर्ड नै हो । एकपटक फेरि रुस पहिलो भएको छ र अमेरिकाले आफ्नो दोस्रो स्थान कायम राख्न पनि नसक्ने अवस्था देखा परिरहेको छ ।  अमेरिका र युरोपका केही देशले रुसले बनाएको खोपलाई लिएर विभिन्न टीकाटिप्पणी गरिरहेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले खोप तयार भएको घोषणा गरेसँगै सुरु भएको विरोध अहिले भने मत्थर भएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले बनाएको खोपले कोरोनाविरुद्ध काम गर्ने आफूलाई विश्वास लागेको भनेर स्वीकारोक्तीसहितको बयान दिएका छन् । योसँगै विरोध केही मत्थर भएको हो । विरोध गर्दै आएका ट्रम्पले नै विश्वास र आशा व्यक्त गरेपछि अहिले रुसले बनाएको खोपले विश्वलाई नै आशावादी बनाएको छ ।

रुसले यही वर्षको अगस्टसम्म विश्वलाई खोप उपलब्ध गराउन सकिने जनाएको छ । नेपालसहित तेस्रो विश्वका देशहरूलाई निःशुल्क खोप उपलब्ध गराउने घोषणा पनि रुसले गरेको छ । यसले गर्दा पनि विश्व मानव समुदाय रुसप्रति आभारी बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here