नेपालमा काेराेना संक्रमितको संख्या ३४,४१८ पुग्यो

182

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३४ हजार ४१८ जना पुगेको छ। देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। बुधबार काठमाडौं उपत्यकामा ३०१ संक्रमित थपिएका छन्।

काठमाडौंमा २३०, ललितपुरमा २४ र भक्तपुरमा ४७ क्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार १९ पुगेको छ। त्यसैगरि, काठमाडौंमा ३ हजार १८५, ललितपुरको ४८७ र भक्तपुरमा ३४७ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

योसहित नेपालमा हालसम्म १९ हजार ५०४ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here