काठमाडौंमा राप्रपाका १२ विद्यार्थी नेता पक्राउ

78

काठमाडौं – निषेधाज्ञामा प्रदर्शन गरेको भन्दै प्रहरीले राप्रपाका १२ जना विद्यार्थीलाई पक्राउ गरेको छ।

रौतहट हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले काठमाडौंमा प्रदर्शन थालेपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गले नियन्त्रणमा लिएको हो।

पुजारी राम साह हत्या घटनाको सत्य-तथ्य छनविनसहित हत्यारालाई कारबाहीको माग गर्दै विद्यार्थी प्रदर्शनमा निस्केका थिए।  प्रदर्शनमा सहभागी संगठनका केन्द्रीय अध्यक्ष महेश सिंहलगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर दरबारमार्गमा राखेको हो।

राप्रपा नेता राजाराम बर्तौलाले पक्राउ परेका विद्यार्थी तत्काल रिहाइको माग गरिएको  जनाए ।

  पुजारी साहको भदौ ३ गते गोली हानी हत्या भएको थियो। उनको हत्यामा संलग्नहरू पक्राउ परेका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here