आईएमई पे वालेटको ‘रेमिटेन्स’ सुविधा ल्यायाे

216

काठमाडौं – आईएमईले आफ्ना सम्पूर्ण व्यवसायिक साझेदार (एजेन्ट पार्टनर) प्रत्यक्ष सहभागितामा आफ्नो डिजिटल वालेट सुविधा आईएमई पे मोबाइल वालेट एपलाई सशक्त बनाई रेमिटेन्सको सुविधा सिधै वालेटमा प्राप्त गर्ने व्यवस्था सुचारू गरेको छ ।

नयाँ सुविधाअन्तर्गत आफूलाई स्वदेश वा विदेशबाट आएको रकम प्राप्त गर्न आईएमई पे वालेटको ‘रेमिटेन्स’ आइकनमा क्लिक गर्नुपर्दछ । त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी स्पष्टसँग भर्नुपर्दछ । प्रकृया अनुसार आफ्नो वालेट पिन दाखिला गरी रकमको अवस्था यकिन गर्न सकिन्छ ।

यदि पठाएको रकम आईएमई पे एपमा नै प्राप्त गर्नुपर्ने भएको खण्डमा ‘रिसिभ’ बटम थिची आफ्नै वालेटमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसका अतिरिक्त ‘नियर बाइएजेन्ट’ मा थिची आफूलाई पायक पर्ने आइएमई काउन्टर भ्रमण गरी आफ्नो पैसा प्राप्त सकिनेछ । यी सवै सुविधा प्राप्त गर्न आइएमई पे एप डाउनलोड हुनुका साथै केवासी अध्यावधिक भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

आईएमईले आईएमई पे मोबाइल वालेट एपबाट नेपालभित्र रहेका नेपालीलाई आफ्नो घर, आफ्नै कोठाबाट नै रेमिटेन्सको रकम प्राप्त गर्ने सुविधा दिँदै आइरहेको जनाएको छ । सो रकम यसरी आफ्नो मोबाइल वालेटमा रहँदा सम्म उक्त रकमको ब्याज ५० सम्मको बोनस पनि प्राप्त हुने कम्पनीले जनाएको छ ।  यस्तो विषम परिस्थितिमा आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनरहरू) ले आइएमई पे वालेटको मद्दतले घरैमा रेमिटेन्स सेवा उपलब्ध गराउनेछन् ।

परिस्थिति सामान्यहुँदै गएको खण्डमा आफ्नो मोबाइल वालेटबाट पैसा सजिलै झिक्न पनि सकिन्छ । रकम लिँदै आएको एजेन्ट कहाँ गई सजिलै नगद लिन सकिन्छ । आइएमई पेमा भएको रकमलाई आफ्नो बैंक खाता वा अन्य कसैको बैंक खातामा पनि पठाउन सकिने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here